मोरङको कार्टुन उद्योगमा आगो लाग्यो

मोरङ- जिल्लाको बुढिगंगा गाउँपालिका-३ स्थित नेमुवा चोकमा रहेको अरिहन्त कार्टून उद्योगमा अागो लागेको छ । बुधबार राती ११ बजेदेखि लागेको अागो अझैसम्म नियन्त्रणमा नअाएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । 

अागो निभाउन अहिले र्इटहरी, धरान, दमक, राजविराज र र्इनरूवामा रहेको ८ वटा दमकल परिचालन गरिएको छ । स्थानीयबासीको सहयोगमा अागो निभाउने प्रयास भर्इरहेको प्रहरीले जनाएको छ । तर, अागलागीको कारण खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?