‘ठग ठेकेदार’ लार्इ काभ्रे प्रहरीले समात्यो

बनेपा : र्इलाका बन कार्यालय, चाैवासको भवन निर्माण अलपत्र पारेका ठेकेदार नवीन चाैलागार्इँलार्इ काभ्रे प्रहरीले पक्राउ गरेको छ । 

चाैलागार्इँलार्इ प्रहरीले कात्तिके देउरालीबाट समातेको हो । 'अग्रिम निर्माण सेवा' का नामबाट सार्वजनिक निर्माणका काम हात पारेपनि पेश्की लिएर फरार हुने र काममा ढिलार्इ गर्ने वानी परेका चाैलागार्इँमाथि अावश्यक सोधपुछ हुने जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । 

चाैलागार्इँले २०७४ वैशाख २९ मै वन कार्यालयको भवन बनाउने सम्झाैता गरि निर्माण ठेक्का सकारेका थिए । २०७३ बैशाख २० गते योजना निर्माण सम्झाैता गरेका चाैलागार्इँले निर्माण अवधिमा जम्मा ६० प्रतिशत काम मात्रै सम्पन्न गरेका थिए । 

गृहमन्त्री रामबहादुर थापाले ठेक्का अोगटेर समयमै काम नगर्ने ठेकेदारमाथि कारबाही गर्न निर्देशन दिएपछि देशैभरि अहिले ठग ठेकेदारको पहिचान र कारबाही भर्इरहेको छ । जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले पनि यस्ता 'ठग ठेकेदार' को विवरण तयार गरि कारबाही अघि बढाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?