काठमाडौं । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप १ सय ४ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १८७ नमुना पीसीआर विधिबाट परीक्षण गर्दा थप १ सय ४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । यस्तै २४ घण्टामा थप ३ जना नयाँ संक्रमित विरामी अस्पताल भर्ना भएका छन् ।
हाल अस्पतालमा १८ जना संक्रमित विरामीको उचार भइरहेको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए । जसमध्ये दुईजना विरामीको आइसियु र दुईजना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया