१३ जेष्ठ २०७९, शुक्रवार

कटरीना-विकीको विवाहमा सलमानलाई थिएन निम्तो

२०७८,माघ,१,शनिवार ११:१२

576
Shares

काठमाडौं । बलिउड अभिनेत्री कटरीना कैफले अभिनेता विकी कौशलसँग धुमधामका साथ विवाह गरिन् । विवाहको तस्बिर अहिले सामाजिक सञ्जालमा आइरहेका छन् ।

उनीहरुको विवाह भइरहँदा त्यो विवाहमा सलमान खान परिवारको उपस्थितिलाई लिएर सबैको चासो थियो । अर्थात् सलमान खानको परिवार जान्छन् या जाँदैनन् भन्ने प्रश्न फ्यान र फिल्मकर्मीमाझ उठेको थियो ।

यो प्रश्नको उत्तर अहिले सलमानका ज्वाइँ आयुष शर्माले दिएका छन् । आयुषका अनुसार सलमान र परिवारलाई कटरीनाले विवाहको निम्तो दिएकी थिइनन् ।

‘कटरीना कैफ र हामीबीच राम्रो सम्बन्ध छ र हामी सबैजना उनको नयाँ जिन्दगीको लागि शुभकामना दिन्छौं । उनी आफ्नो विवाह नजिकका मान्छेबीच गर्न चाहन्थिइन् । यसमा ठूलो कुरा होइन । तर एउटा कुरा के हो भने खान परिवारलाई निम्तो आएको थिएन’, एक पत्रिकासँगको अन्तरवार्तामा आयुषले भनेका छन् ।

उनले कटरीना खान परिवारका लागि जहिल्यै एक सदस्यको रुपमा रहेको दाबी गरे ।

प्रकाशित मिति: २०७८,माघ,१,शनिवार ११:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं। स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल-भारत

काठमाडौं । बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जोहरले हिजो आफ्नो ५० औं जन्मदिन मनाएका छन् । यस क्रममा उनले

काठमाडौं । फिल्म निर्माता-निर्देशक करण जोहरले २५ मे मा आफ्नो ५० औं जन्मदिन धूमधामका साथ मनाएका छन् । यस क्रममा

काठमाडौं । भारतीय अभिनेत्री अनुष्का शर्माले सामाजिक सञ्जालमा आफ्ना सुन्दर तस्बिरहरु सेयर गरिरहेकी हुन्छिन् । उनी आफ्नो सामाजिक सञ्जाल अकाउन्टबाट

ताजा समाचार

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग
 २०७९,जेष्ठ,१३,शुक्रवार ०८:०२
चितुवाको आक्रमणबाट बालकको मृत्यु
 २०७९,जेष्ठ,१३,शुक्रवार ०७:००
थाहा पाउनुहोस् तपाईंको आजको राशिफल
 २०७९,जेष्ठ,१३,शुक्रवार ०६:४७
आज यी क्षेत्रमा वर्षाको सम्भावना
 २०७९,जेष्ठ,१३,शुक्रवार ०६:४५