६ माघ २०७८, बिहीवार

नेपालको भौगोलिक अखण्डताको सम्मान गर्न माओवादीको आग्रह

२०७८,पुष,३०,शुक्रवार २१:५७

36
Shares

नेकपा (माओवादी केन्द्र)ले भारतलाई नेपालको सार्वभौम अधिकार एवम् भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गरेको छ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आज एक विज्ञप्तिमार्फत हालै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमि लिपुलेकमा सडक बिस्तार गर्ने घोषणा गरेको भन्दै त्यसको विरोध गरेका हुन् ।

माओवादीले भारतलाई पञ्चशीलको सिद्धान्तको अवलम्बन गर्न पनि आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, “हामी भारतीय पक्षलाई सबैको र नेपालको सार्वभौम अधिकार एवम् भौगोलिक अखण्डतामाथि हस्तक्षेप एवम् अतिक्रमण नगर्न जोडदार माग गर्दछौँ ।” त्यसबारेमा नेपाल सरकारको ध्यानाकर्षण गराउँदै नेता श्रेष्ठले भनेका छन्, “नेपाल सरकारले तुरुन्तै यो अतिक्रमणको बिरोध जनाओस् र यो कार्य बन्द गराउन शिघ्रातिशिघ्र कूटनैतिक पहल गरोस् ।”

प्रकाशित मिति: २०७८,पुष,३०,शुक्रवार २१:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले श्वेतपत्र जारी गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा आज बसेको बैठकले प्रदेश सरकार

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापती अमर पुनले पार्टी विधानको अधिकार प्रयोग गरी प्रदेश कार्यसमिति सदस्यहरु मनोनित गरेका छन् । आज

नेकपा (एमाले) को काठमाडौँ जिल्ला कमिटीले संविधानको मर्म र भावनाबमोजिम स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएको छ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ । नेकपा माओवादी

ताजा समाचार

कांग्रेसमा प्रदेश सदस्यहरु मनोनित
 २०७८,माघ,६,बिहीवार २०:४०