७ माघ २०७८, शुक्रवार

माल्दीभ्सका पूर्वनेतालाई १९ महिना जेल सजाय

२०७५,जेष्ठ,३०,बुधबार १६:०८

0
Shares

माले -माल्दीभ्सको एउटा अदालतले पूर्वराष्ट्रपति मौमुन अब्दुल गयुमलाई जेल सजायको फैसला सुनाएको छ ।

आतंकवादलाई सहयोग गरेको आरोप लागेका ८० वर्षीय गयुम बुधबारको अदालतको फैसलाअनुसार १९ महिना जेल बस्नु पर्नेछ ।

गयुमसँगै प्रधानन्यायाधीश अब्दुल्ला साइद र सर्वोच्च अदालतका न्यायाधीश अलि हमिदलाई पनि गत फेब्रुअरीमा नियन्त्रणमा लिइएको थियो ।

उनीहरू तीनै जनालाई फरक फरक आरोप लगाइएको छ । प्रधानन्यायाधीश र न्यायाधीशलगायत अन्य न्यायिक अधिकारीहरूलाई भने सरकार ढाल्न घुस लिएको आरोप लगाइको छ । तर उनीहरूको मुद्दा भने अहिले अगाडि बढेको छैन ।

देशमा संकटकालको घोषणा गर्ने वित्तिकै उनीहरूलाई पक्राउ गरिए पनि अभियोग लागेकाहरूले भने यसलाई अस्वीकार गर्दै आएका छन् ।

क्षेत्रफलको हिसाबले दक्षिण एसियाको सबैभन्दा सानो तथा केही वर्षअघिसम्म राजनीतिक स्थिरता रहेको मानिने माल्दिभ्समा पाँच वर्षयता बारम्बार संकटकालको घोषणा गर्ने र राजनीतिक संकट दोहोरिने गरेको छ ।

प्रकाशित मिति: २०७५,जेष्ठ,३०,बुधबार १६:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सिरियाको जेलमा भएको आक्रमणमा जेलका सुरक्षा गार्डसहित १८ जना कुर्दिस सुरक्षा अधिकारीको मृत्यु भएको छ । सिरियाली उक्त

नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदी विश्वमै सर्वाधिक लोकप्रिय नेता सावित भएका छन् ।मर्निङ कन्सल्ट पोल्टिकल इन्टेलिजेन्सको ग्लोबल रेटिङमा मोदी

काठमाडौं । चीनको कम्युनिष्ट पार्टी अफ चाइना (सीपीसी) को अनुशासन र कानूनको उल्लङ्घन गरेको भन्दै ठूलो संख्यामा चिनियाँ अधिकारीहरु कारबाहीमा

न्युयोर्क । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन र रसियाली विदेशमन्त्री सर्जी लाभरोभबीच भेटवार्ता हुने भएको छ । युक्रेनलाई लिएर अमेरिका र

ताजा समाचार