६ माघ २०७८, बिहीवार

सातदोबाटोलाई अर्को अप्रत्याशित नतिजा, मनाङलाई उपाधि धक्का

२०७८,पुष,३०,शुक्रवार १९:५०

2.511k
Shares

काठमाडौं । सातदोबाटो यूथ क्लबसँग अप्रत्याशित २-१ ले स्तब्ध भएसँगै मनाङ मर्स्याङ्दी क्लबको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शीर्ष स्थानमा उक्लिने अवसरसँगै उपाधि यात्रा धक्का लागेको छ ।

त्रिपुरेस्वर स्थित दशरथ रंगशालामा शुक्रबार भएको दोस्रो खेलमा पराजित भएसँगै मनाङको उपाधि रक्षा गर्ने योजना सुखद रहेन ।

नतिजासँगै मनाङ ९ खेलमा १९ अंकसहित तालिकाको दोस्रो स्थानमा यथावत् छ । ,जुन शीर्ष स्थानको मछिन्द्र भन्दा १ अंकले कम हो ।

खेलको पहिलो हाफमै सातदोबाटोले २–० को अग्रता लिएको थियो । ११औं मिनेटमा मार्टिन एडेल्फे सिलोले गरेको गोलमा सातदोबाटोले अग्रता लिएको थियो ।

३८औं मिनेटमा प्रशान्त अवस्थीको क्रसमा अनमार्क रहेका मार्टिन्स अजयीले हेडरमार्फत सातदोबाटोको अग्रता दोब्बर पारेका थिए ।

५६औं मिनेटमा आफिज ओलाओलेले गोल गर्दै मनाङलाई खेलमा फर्काउने संकेत गरेका थिए । सातदोबाटोका रक्षकले क्लियर गर्न नसकेको बललाई ओलाओलेले पोस्टको दिशा दिएका थिए ।

यस पछि पनि दुवै टोलीले गोलको अवसर सदुपयोग गर्न सकेनन् । ६९औं मिनेटमा दीपकराज सिंह ठकुरीको प्रहार मनाङका गोलकिपर विशाल सुनारले विफल पार्दा सातदोबाटोले अग्रता बढाउने अवसर खेर फालेको थियो ।

७३औं मिनेटमा निशान लिम्बुको प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले सहजै नियन्त्रणमा लिँदा मनाङले खेलमा फर्कने अवसर गुमायो ।

जारी लिगमा आफिजको यो छैटौँ गोल हो र उनी सर्वाधिक गोलकर्ताको सुचीको अग्रस्थानमा छन् । सातदोबाटोका अजयी र मछिन्द्रका सुनिल बलको समान समान ५ गोल रहेको छ ।

लिगमा उत्कृष्ट सुरुआतका बाबजुद पछिल्लो खेलमा लय गुमाएको सातदोबाटो अन्ततः जितको लयमा फर्किएको हो । यसअघि सातदोबाटोले दोस्रो चरणमा थ्री स्टार क्लबलाई हराएको थियो ।

सातदोबाटो ९ खेलमा १२ अंकसहित छैटौँ स्थानमा उक्लिएको छ । शुक्रबार सम्पन्न पहिलो खेलमा विभागीय एपीएफले हिमालयन शेर्पालाई १–० ले हराएको थियो । शनिबार लिगमा दुई खेल हुनेछन् ।

प्रकाशित मिति: २०७८,पुष,३०,शुक्रवार १९:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले आजदेखि पोखरामा सुरु भएको मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा ! रारा

काठमाडौं । आहा रारा गोल्डकपको २०औं संस्करण पोखरास्थित बन्द रंगशालामा बिहीबारबाट सुरु भएको छ । उद्घाटन खेलमा अहिले विभागीय टोली

काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्का ग्योरोगी विधातर्फ दोस्राे श्रेणीको रेफ्रीमा पदोन्नति भएका छन् । वल्र्ड तेक्वान्दो (डब्लुटी) को

काठमाडौं । विभागीय एपीएफ क्लबबाट टी-२० प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्दै गर्दा लोकश बमले सोचेका पनि थिएनन्, राष्ट्रिय टोलीको

ताजा समाचार

कांग्रेसमा प्रदेश सदस्यहरु मनोनित
 २०७८,माघ,६,बिहीवार २०:४०