६ माघ २०७८, बिहीवार

लिपुलेक प्रकरण : भारतीय प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको ध्यानाकर्षण

२०७८,पुष,३०,शुक्रवार १९:२६

135
Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ भनेर केहिदिन अघि एक कार्यक्रममा व्यक्त गरेको भनाइप्रति नेपाली कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ ।

‘लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो र यसका सम्बन्धमा नेपाली कांग्रेसले विगत देखिनै संस्थागत रूपले आफ्नो धारणा र अडान स्पष्ट रूपमा राख्दै आएको छ,’ कांग्रेस महामन्त्री द्वए विश्वप्रकाश शर्मा र गगन थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूभाग भएको कांग्रेसको दाबी छ । नेपालको भोगाधिकार यी भूगोलमा कायम हुनुपर्दछ भन्नेमा कांग्रेस प्रस्ट रहेको बताइएको छ ।

‘कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्दछ। नेपालको संसद्ले सर्वदलीय एकता साथ संविधान संशोधनमार्फत पारित गरेको नेपालको नक्सा सुगौली सन्धि पछिको नेपाल थियो । हो र त्यसको कार्यान्वयन हुनुपर्छ भन्ने विषय राजनैतिक दलहरू एवं नेपाल सरकारसमेतको साझा अभिमत हो भन्ने विषयमा नेपाली कांग्रेस प्रस्ट छ,’ विज्ञप्तिमा भनिएको छ ।

‘दुई राष्ट्रबीचको सीमा सम्बन्धी कुनै पनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा हुनुपर्दछ। १८१६ को सुगौली सन्धिको दस्ताबेज दुवै राष्ट्रको साझा स्वीकारोक्तिको तथ्य हो भन्नेमा हामी प्रस्ट छौं,’ विज्ञप्तिमा लेखिएको छ, ‘नेपाल–भारत संयुक्त आयोगमा दुई देशबीचको सबै प्रश्नमा कूटनैतिक संवादबाट समाधानमा पुग्ने गरी भएको सहमति विपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको विषय गम्भीर छ, आपत्तिजनक छ र अविलम्ब यो रोकिनुपर्छ ।’

दुवै छिमेकी राष्ट्रसँग नेपालको पुरानो र ऐतिहासिक सम्बन्ध रही आएको कांग्रेसको ठहर छ। यस अर्थमा सीमा सम्बन्धी कुनै पनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा उच्च स्तरीय कूटनैतिक माध्यमबाट खोजिनु पर्दछ भन्ने विषयमा नेपाली कांग्रेस प्रस्ट रहेको बताइएको छ ।

प्रकाशित मिति: २०७८,पुष,३०,शुक्रवार १९:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले श्वेतपत्र जारी गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा आज बसेको बैठकले प्रदेश सरकार

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापती अमर पुनले पार्टी विधानको अधिकार प्रयोग गरी प्रदेश कार्यसमिति सदस्यहरु मनोनित गरेका छन् । आज

नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले तीन दिनभित्रै काठमाडौंमा सिटामोल अभाव अन्त्य हुने दाबी गरेका छन् । कोभिड १९

नेकपा (एमाले) को काठमाडौँ जिल्ला कमिटीले संविधानको मर्म र भावनाबमोजिम स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएको छ

ताजा समाचार

कांग्रेसमा प्रदेश सदस्यहरु मनोनित
 २०७८,माघ,६,बिहीवार २०:४०