६ माघ २०७८, बिहीवार

नबिल बैंकको साधारणसभाबाट बम्पर लाभांश पारित, संचालक समितिको अध्यक्षमा पुनः पौडेल

२०७८,पुष,३०,शुक्रवार १९:००

693
Shares

काठमाडौं । नबिल बैंक लिमिटेडको ३७औं वार्षिक साधारणसभाले सम्पन्न भएको छ । बैंकको उक्त सभा आज केन्द्रिय कार्यालय, तिनधारा, दरवारमार्ग, काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्षको लागि प्रस्तावित बम्पर लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३८ प्रतिशत लाभांश(३३.६० प्रतिशत बोनस सेयर र ४.४० प्रतिशत नगद लाभांश) वितरण गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको हो ।

साधारणसभामा आ.व. २०७७/७८ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा रु. ४ अर्ब ५३ करोड हासिल गर्न बैंक सफल भएको जानकारी गराइयो । बैंकले जेथामा प्रतिफल १५.१९ प्रतिशत र प्रतिशेयर आम्दानी रु. ३३.५७ हासिल गरी आप्mनो वासलात विस्तार गर्दै रु. २ खर्ब ९१ अर्ब पुर्याएको समेत सो क्रममा बताइएको थियो ।समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको पू“जी रु. १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार ७ सय ४५ पुगेको छ ।

साधारण सभामा आफ्नो मन्तव्य राख्दै संचालक समितिका अध्यक्ष पौडेलले नबिल बैंकले नेपालको बैकिङ्ग क्षेत्रलाईलाई आधुनिकीकरण गर्न, देशको व्यवसायिक एवम् औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पुर्याउन सफल भएको बताए ।

उनले आगामी दिनमा समेत संस्थागत सुशासन र ग्राहकको सन्तुष्टिलाई बैंकले उच्च प्राथमिकतामा राखेको जानकारी दिए ।

सभाले संस्थापक शेयरधनीबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद २ (दुई)का लागि उदयकृष्ण उपाध्याय र एनबी (ईन्टरनेशनल) लिमीटेडलाई प्रतिनिधित्व गर्दै उपेन्द्रप्रसाद पौडेल लाई निर्बिरोध निर्वाचित गरेको थियो ।

साथै, आजै सम्पन्न बैंक संचालक समितिको ५८८ औं बैठकले संचालक समितिको अध्यक्षमा पुनः उपेन्द्रप्रसाद पौडेललाई नै चयन गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पौडेल २०७४ मंसिर १५ देखि बैंक संचालक समितिमा आएका थिए ।

बैंकले स्थापनाकालदेखि हालसम्म रू. १६ अर्बभन्दा बढी रकम त देशको राजश्वमा योगदान गरिसकेको छ ।

प्रकाशित मिति: २०७८,पुष,३०,शुक्रवार १९:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । साताको अन्तिम कारोबारको दिन शेयर बजारमा मापक नेप्से परिसूचकमा वृद्धि भएको छ । बुधबार ३८ अंकले गिरावट आएको

काठमाडौं । नबिल बैंक लिमिटेडको अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । बैंकको सञ्चालक समितिको २०७८

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

दीर्घकालीन सहायक श्रमिकका रुपमो दोस्रो टोली १५ र १६ माघमा इजरायलय जान जाने भएका छन् । श्रम, रोजगार तथा सुरक्षा

ताजा समाचार

कांग्रेसमा प्रदेश सदस्यहरु मनोनित
 २०७८,माघ,६,बिहीवार २०:४०