२ माघ २०७८, आईतवार

सनी च्याम्पियन

२०७५,जेष्ठ,३०,बुधबार १५:१९

0
Shares

नेपाल आर्मीका सनीसिंह सुनुवार प्रथम बज्र कराते प्रतियोगिताको पुरुष मिडिल वेटमा च्याम्पियन बनेका छन् । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार भएको स्पर्धामा सनीले मुवाथाईका सन्देश मानन्धरलाई पराजित गरे ।
नेपाल क्योकुसिन कराते संघ वज्रद्वारा आयोजित प्रतियोगिताको पुरुषलाई वेटमा मुवाथाईका सरोज तामाङले आर्मीका राजकुमार यादव तथा वेन्टम वेटमा केन्द्रीय डोजोका महेश भुजेलले आर्मीका प्रशान्त मगरलाई हराउदै शीर्ष स्थान हात पारे । 

पुरुष लाइट वेटअन्तर्गत विभिन्न स्पर्धामा भकुन्डेवेसीका ओमराज लामाले केन्द्रीय डोजोका किशोरवीर विक्रम शाही, आर्मीका मनोज थपलियाले मुवाथाईका अरुण कुशुवार तथा आर्मीका चोपबहादुर बुढाथोकीले मुवाथाईका विजय थापालाई पाखा लगाउदै पहिलो स्थान हात पारे ।

पुरुष वेल्टर वेटमा आर्मीका विकास गुरुङले मुवाथाईका रेगन श्रेष्ठलाई पन्छ्याउदै पहिलो बने ।
प्रत्येक स्पर्धाका विजेताले ५ हजार र उपविजेताले २ हजार ५ सय नगद पुरस्कार हात पारे । विजेतालाई आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचन, उपाध्यक्ष पुष्पमान मानन्धर लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
 

प्रकाशित मिति: २०७५,जेष्ठ,३०,बुधबार १५:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । स्ट्राइकर विमल घर्ती मगरको दुई गोलप्रेरित मछिन्द्र क्लबले आइतबार ब्रिगेड ब्वाइज क्लबलाई ४-० ले पराजित गर्दै सहिद स्मारक

काठमाडौं । नेपाल पुलिस क्लबविरुद्ध आज खेल्दै गरेको च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना देखिएपछि अपरान्ह पौने ५ बजे तय

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री (पीएम) कप टी-२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार प्रदेश-१ लाई सात विकेटले पराजित गरेको छ

काठमाडौं । दाबेदार मनाङ मर्स्याङ्दी क्लब नवप्रवेशी सातदोबाटो युथसँग १–० ले स्तब्ध भएपछि जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा

ताजा समाचार

हतियारसहित एक युवक पक्राउ
 २०७८,माघ,२,आईतवार २०:०९
कोरोना संक्रमणमुक्त भए प्रचण्ड
 २०७८,माघ,२,आईतवार १९:४६