२७ श्रावण २०७९, शुक्रवार

पीएम कप : अपराजित एपीएफ सेमिफाइनलमा

२०७८,पुष,३०,शुक्रवार १८:३४

45
Shares

काठमाडौं । लुम्बिनी प्रदेशमाथि सात विकेटको जित निकाल्दै अपराजित एपीएफ क्लब प्रधानमन्त्री (पीएम) कप टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

शुक्रबार मुलपानी क्रिकेट मैदानमा भएको दोस्रो खेलमा लुम्बिनीले दिएको १०५ रनको लक्ष्य एपीएफले ११ ओभरमा मात्र तीन विकेट गुमाएर पूरा गर्‍याे ।

एपीएफको जितमा आसिफ शेखले सर्वाधिक ४३ रन बनाए । २६ बल खेलेका आसिफले चार चौका र तीन छक्का प्रहार गरे । त्यस्तै प्रदीप ऐरीले ३६ रनमा बनाउँदा लोकेश बम सात र सन्दीप जोरा ९ रनमा अविजित रहे ।

लुम्बिनीका बसिर अहमेदले दुई र सिद्धान्त साहीले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा अल आउट हुँदै १०४ रनको योगफल तयार पारेको थियो ।

लुम्बिनीका देव खनालले सर्वाधिक ४३ रन बनाएका थिए । त्यस्तै सुशान्त थापाले १८ र कप्तान कृष्ण कार्कीले १३ रनको योगदान गर्दा अन्य ब्याटरले दोहोरो अंक बनाएनन् ।

एपीएफका कमलसिंह ऐरी, किशोर महतो, अविनाश बोहरा र दीपक बोहराले समान दुई विकेट लिएका थिए । त्यस्तै कप्तान शरद भेषावकरको नाममा एक विकेट रह्यो ।

एपीएफले समूह बी का चार खेलबाट आठ अंक जोड्यो। तीन खेलमध्ये एकमा जित र दुईमा हारको नतिजा आत्मसाथ गरेकाे लुम्बिनी भने तालिकाको चौथो स्थानमा छ ।

प्रकाशित मिति: २०७८,पुष,३०,शुक्रवार १८:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू–१७ च्याम्पियनसिप र एएफसी यू–१७ एशियन कप छनोटका लागि प्रशिक्षणमा रहेका

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय पूर्व क्रिकेटर मनोज प्रभाकरलाई राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गर्ने निधो गरिसकेको

काठमाडौं । गत सिजन दोस्रो स्थानको बार्सिलोनालाई १३ अंकले पछि पार्दै रियल मड्रिड ला लिगाको च्याम्पियन बन्यो । नयाँ योजना

काठमाडौं । ट्रिटन इन्टरनेसनल कलेजले टी–१० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । ट्रिटनले फाइनलमा मणिमुकुन्दलाई १ विकेटले पराजित गर्‍यो ।

ताजा समाचार

महाकालीमा डुबेर दुई किशोरी बेपत्ता
 २०७९,श्रावण,२७,शुक्रवार २०:३९
बन्द प्रशिक्षणबाट बाहिरिए पन्ध्र खेलाडी
 २०७९,श्रावण,२७,शुक्रवार २०:०८