सेञ्चुरी कमर्सियल बैंकको ११औँ वार्षिक साधारणसभा सम्पन्न

लोकपथ
26
Shares

काठमाडाैं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा भौतिक उपस्थिति एवं अनलाइन (जुम) मार्फत उक्त साधारणसमा पौष ३० गते शुक्रबार सम्पन्न भएको हो ।

बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठकाे अध्यक्षतामा भएकाे साधारणसभाले बैंकको चुक्ता पुँजीको ६.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव परित गरेको छ ।

२०७८ आषाढ मसान्तमा कायम चुक्ता पुँजीमा ९ अर्ब ३ करोड ४४ लाख २९ हजार ५ सय २ रुपैयाँ ५० पैसा मा ५.७५ प्रतिशतले हुनआउने रकम ५१ करोड ९४ लाख ७९ हजार छ सय ९६ रुपैयाँ ३९ पैसाबराबरको बोनस सेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३० प्रतिशतले हुनआउने रकम २ करोड ७३ लाख ४१ हजार ३६ रुपैयाँ ६५ पैसाबराबरको नगद लाभांशं वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यसैगरी साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७÷७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाटलगायतका प्रतिवेदन पारित गरेको छ ।

साथै साधारण सभाबाट बैंकको संस्थापक समूहमा हाल रहेको ५३.४१ प्रतिशत सेयर संरचनालाई ५१ प्रतिशत हुनेगरी सेयरधनीहको सेयर संरचना परिवर्तन गर्ने सञ्चालक समितिको निर्णय अनुमोदन गरेको छ ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा सहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म आफ्ना १ सय २६ शाखा १० एक्सटेन्सन काउन्टर, २५ शाखारहित बैंकिङ र १ सय ८ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?