६ माघ २०७८, बिहीवार

मेगा बैंकको एक्सटेन्सन काउन्टर जनकपुरधाम प्रादेशिक अस्पतालमा

२०७८,पुष,३०,शुक्रवार १५:४४

45
Shares

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले धनुषाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नम्बर १० स्थित प्रदेश नम्बर २ को प्रादेशिक अस्पतालमा मेगा बैंकले शुक्रबार एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. प्रमोदकुमार यादवले एक्सटेन्सन काउन्टरको उद्घाटन गर्दै अस्पतालको सबै सेवाको आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले बिरामीलाई सहज हुने र अस्पताललाई पनि आर्थिक पारदर्शितामा सहज हुने बताए ।

कार्यक्रममा बैंकका प्रदेश नम्बर २ प्रमुख यसपाल कुमार तिब्रेवाल र अस्पतालका विभिन्न विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै मेगा बैंक जनकपुर शाखाका प्रबन्धक गलेककुमार यादवले सेवाग्राहीहरुलाई प्रभावकारी सेवा दिइने बताए ।

एक्सटेन्सन काउन्टरमार्फत सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीतिअनुरुप मेगा बैंकले यसअघि पनि विभिन्न स्थानहरुमा एक्सटेन्सन काउन्टरहरु विस्तार गरिसकेको छ । मेगा बैंकको हाल देशभर २०३ वटा शाखा र २५ वटा एक्सटेन्सन काउन्टरहरु सञ्चालित छन् ।

प्रकाशित मिति: २०७८,पुष,३०,शुक्रवार १५:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नबिल बैंक लिमिटेडको अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । बैंकको सञ्चालक समितिको २०७८

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शैक्षिक सामग्री प्रदान गरेकाे छ । महालक्ष्मी विकास बैंक लिमिटेडको सातदोबाटो शाखाले ललितपुर महानगरपालिका

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र चितवनको भरतपुर स्थितचितवन मिडटाउन रिर्सोट प्रा.लि.बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ

ताजा समाचार

कांग्रेसमा प्रदेश सदस्यहरु मनोनित
 २०७८,माघ,६,बिहीवार २०:४०