के दीपिका–रणवीरको बिहे पनि इटलीमै होला?

मुम्बई । बलिउडका चर्चित जोडी दीपिका पादुकोण र रणवीर सिंहको बिहेलाई लिएर बाक्लै चर्चा चलेको छ । अहिले त झन् के हल्ला चलिरहेको छ भने दीपिका र रणवीरले पनि इटलीमै बिहे गर्नेछन्, त्यो पनि विराट र अनुष्काले जस्तै ।

उनी दुवैले डेस्टिनेसन वेडिङको योजना बनाएको भारतीय मिडियाले लेखेका छन् । अहिले बलिउडमा सोनम कपूर र आनन्द आहुजापछि फेरि यी दुईको बिहेको चर्चा चल्न थालेको छ ।

खासमा दीपिकाको बड्डेको मौकामा भ्याकेसनका लागि गएका दुवै परिवारका सामुन्ने यो बताइएको थियो कि, रणवीर र दीपिकाको इन्गेजमेन्ट भइसकेको छ । एक भारतीय मिडियाले दिएको प्रश्नलाई आधार मान्ने हो भने यो जोडीले आउँदोन नोभेम्बरमै बिहे गर्ने भएका छन् । यी दुईको बिहेको तयारी पनि हुन थालिसकेको बताइएको छ ।

सम्भावना पनि के छ भने यी दुईको डेस्टिनेसन वेडिङ हुनसक्ने देखिन्छ । यस पहिले अनुष्का र विराटको बिहे पनि इटलीमै भएको थियो ।

दीपिका र रणवीरले पनि आफ्नो बिहेलाई मिडियाभन्दा पर लगेर गर्न चाहेका छन् । अझ अर्को खबर के पनि आएको छ भने बिहेपछि बस्नका लागि रणवीरले घर पनि लिइसकेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?