अस्पतालमा बिरामी कुराएर आफ्नै क्लिनीकमा ब्यस्त डाक्टर साहेब !

कैलाली – सेती अञ्चल अस्पतालमा कार्यरत चिकित्सक अस्पताल समयमा निजी क्लिनिकमा काम गर्ने गरेका छन ।

बुधबार बाल रोग विशेषज्ञ डा प्रदिप मिश्र अस्पताल समय सुचार हुदा पनि आफ्नै निजी क्लिनिकमा बिरामी जा“च्नमा नै व्यस्त थिए ।

उनी अस्पताल संगै जोडिएको करुणा मेडिकल हलमा काम गर्दछन ।

विहान १० बजे देखि एक बजे सम्म बिरामी जाँच्ने समय भए पनि चिकित्सकहरु ओपीडिमा ११ बजे सम्म पनि पुगेका हुदैँनन् ।

विहान ढीलो गरी आएका चिकित्सक मिश्र दिउसो १ बजे देखि २ बजेको खाना खाने समय पछि ओपीडि कक्षमा पुगेनन् । जसले गर्दा विरामीहरुका आफ्न्तले समस्या भोग्नु प¥यो । ओपीडी कक्षमा बिरामीहरुको लाइन लाग्दा पनि चिकित्सक पुगेका थिइनन् ।

अस्पताल प्रशासनको चरम लापरवाहीले गर्दा चिकित्सकहरुको मनपडी भएको विरामीहरुका कुरुवाहरुको आरोप छ ।

अस्पताल प्रशासनले दिउँसो २ बजे देखि ३ बजे सम्म रिर्पोट हेर्ने समय छुट्याएको छ । यस समयमा चिकित्सकहरु निजी क्लिनिकमा बढी समय दिने गरेका छन् । अस्पताल प्रशासनले दिउँसो १ बजेदेखि २ बजे सम्म ओपिडी कक्षमा कार्यरत डाक्टरहरुलाई खाजा सँगै इर्मजेन्सी कक्षका विरामीलाई समेत हेर्नुपर्ने व्यवस्था गरे पनि त्यसको वेवास्ता गर्दै डाक्टरले दोहोरो फायदा उठाइरहेका हुन् ।

प्रदेश ७ को एक मात्र रिफरल अस्पतलामा चिकित्सकहरुको लापरबाहीका कारण बिरामीहरुले दुख पाउने गरेको छन ।

सेती अञ्चल अस्पतालमा राजनीतिले गर्दा चिकित्सकहरु आफ्नो मनोमानी गर्ने गरेका छन । अस्पताल समय भन्दा बढी समय आफ्नो निजी क्लिनिकमा वित्ने गरुको लेखिन्छ । पटक पटक गुनोसो आउने गरेको भएपनि चिकित्सकहरुले वास्ता नगरेको स्रोतले बताए ।

निर्वाचन ताका अञ्चल अस्पतालको सेवा सुविधामा सुधार गर्ने भने पनि अवस्था उस्तै भएको बिरामीका कुरुवा रमेश थापाको गुनासो छ ।

प्रदेश मुख्यमन्त्री, मन्त्री सभासद् र जिल्ला समन्वय समितिका संयोजकले अस्पतालको सेवा सुधार गर्ने प्रतिबद्धता जनाएका थिए ।

अझ जिल्ला समन्वय समितिका संयोजक सुर्यबहादुर थापाले महिनाको एक पटक अस्पतालको अनुगमन गर्ने प्रतिबद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?