काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने विषयमा ७ बुँदे प्रस्ताव राखेको छ । शुक्रबार बसेको निर्वाचन आयोग र राजनैतिक दलहरुबीचको परामर्श बैठकमा आयोगले ७ बुँदे प्रस्ताव राखेको हो ।
बैठकमा आयोगले राष्ट्रियसभा सदस्यको १९ पदको निर्वाचन मिति २०७८ माघ १२ गते सम्पन्न गर्ने गरी निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत भई सञ्चालनमा रहेको जानकारी दिँदै त्यसका लागि ९ दलका तर्फबाट ४३ उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुने जनाएको छ ।
माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्यका लागि चुनाव हुँदैछ। आयोगले आगामी वैशाखमा हुने स्थानीय तह चुनावको पनि तयारी सुरू गरेको छ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया