वैचारिक राजनीतिक नेतृत्व नयाँ शक्तिले नै गरिसकेको छ : डा भट्टराई

काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले वर्तमान नेपालको वैचारिक राजनीतिक नेतृत्व नयाँ शक्तिले गरिसकेको बताएका छन् ।

नयाँ शक्ति पार्टी नेपालको तेस्रो स्थापना दिवस तथा राष्ट्रिय युवा अभियानको विशेष संघीय भेलाको उद्घाटन गर्दै डा. भट्टराईले उक्त कुरा बताएका हुन् ।

नेपाल असाध्यै गरीबीको अवस्थामा पुग्नुको मुख्य कारण भ्रष्टाचार नै रहेको बताउँदै भ्रष्टाचारको दलदलमा फसेको मुलुकलाई त्यहाँबाट निकाल्न आवश्यक रहेकोमा जोड दिए । उनले राजनीतिकरुपमा तेस्रो ध्रुवको नेतृत्व गर्दै नयाँ शक्ति पार्टीले नै युवा र प्रौढको टिम मिलाएर आर्थिक विकास र समृद्धिको सगरमाथा चढ्ने विश्वास व्यक्त गरे ।

डा. भट्टराईले हिमाल, पडाड, तराई विभिन्न जाति, भाषा, धर्म र संस्कृतिलाई समृद्धि बनाउँदै नयाँ विचारको नेतृत्व गर्नसक्दा मात्रै मुलुकको आर्थिक विकास र समृद्धि सम्भव हुने भएकाले पूराना पार्टी र तिनको नेतृत्वबाट युग अनुसारको नेतृत्व हुन नसक्ने दावी गर्दै हाम्रै नेतृत्वमा र हाम्रै जीवनकालमा नयाँ शक्तिले नै नयाँ युगको नेतृत्व गर्ने बताए ।

नेपाल असाध्यै गरीबीको अवस्थामा पुग्नुको मुख्य कारण भ्रष्टाचार नै रहेको बताउँदै भ्रष्टाचारको दलदलमा फसेको मुलुकलाई त्यहाँबाट निकाल्न आवश्यक रहेकोमा जोड दिए । उनले राजनीतिकरुपमा तेस्रो ध्रुवको नेतृत्व गर्दै नयाँ शक्ति पार्टीले नै युवा र प्रौढको टिम मिलाएर आर्थिक विकास र समृद्धिको सगरमाथा चढ्ने विश्वास व्यक्त गरे ।

अर्को एक प्रसङमा बोल्दै डा. भट्टराईले पूर्वमाओवादी अध्यक्ष प्रचण्डले माओवादी जनयुद्ध, सहिद, बेपत्ता, घाइते परिवारलाई धोका दिएको बताए । उनले संविधानसभाबाट संविधान निर्माण भएसँगै आर्थिक विकास र समृद्धिको नेतृत्व नयाँ ढंगले गरौं भन्दा प्रचण्डले अस्वीकार गरेको स्मरण गरे ।

संयोजक भट्टराईले ‘सिंगो माओवादी पार्टीलाई प्रचण्डले कसरी एमालेको विचारविहिन समुद्रभित्र होमिदिए’ भनेर रोचक ढंगले व्याख्या गरे । ‘माओवादी आन्दोलनलाई मैले धोका दिएँ कि प्रचण्डले ?,’ संयोजक भट्टराईले प्रश्न गर्दै भने, ‘मैले माओवादीले एउटा अभिभारा पूरा गर्यो, अब नेपाली समाजको नयाँ आवश्यकता पूरा गर्न रुपान्तरण हुनुपर्छ भनेँ । प्रचण्डजीले ह्यामलिनको पाइप पाइपरले जस्तै सिंगो माओवादीलाई एमालेमा लगेर मिसाइदिनुभयो ।’

उनले मुसाले असाध्यै दुःख दिएपछि प्राचीन शहर ह्यामलिनमा एक पाइप पाइपर सुमधुर संगीतबाट लट्ठ बनाएर शहरका सबै मुसालाई समुद्रमा डुबाइदिएको प्रसंगलाई भट्टराईले प्रचण्डसँग तुलना गरे । सम्बोधनकै क्रममा डा भट्टराईले मदन भण्डारीको निधनपछिल एमाले आफैं विचारविहिन अवस्थमा पुगेको बताए ।

उनले मुसाले असाध्यै दुःख दिएपछि प्राचीन शहर ह्यामलिनमा एक पाइप पाइपर सुमधुर संगीतबाट लट्ठ बनाएर शहरका सबै मुसालाई समुद्रमा डुबाइदिएको प्रसंगलाई भट्टराईले प्रचण्डसँग तुलना गरे । सम्बोधनकै क्रममा डा भट्टराईले मदन भण्डारीको निधनपछिल एमाले आफैं विचारविहिन अवस्थमा पुगेको बताए ।

त्यही एमाले र माओवादीको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई सुन्निएर मोटाएको शक्तिको रुपमा चित्रित गरे । बिपी कोइरालाको निधनपछि नेपाली कांग्रेस पनि विचारविहिन बनेर अँध्यारोमा छामछुम गर्दै अलमलिइरहेको उनको तर्क थियो ।

नयाँ शक्तिले परम्परागत पुँजीवाद र राज्य समाजवादबाट माथि उठेको समुन्नत समाजवादको बाटो विचार अगाडि सारेको भट्टराईले दावी गरे । उनले वैकल्पिक शक्ति भन्ने पार्टीहरुलाई पनि एउटै वैकल्पिक केन्द्रमा गोलबद्ध हुन आह्वान गरे । विश्वभरी दक्षिणपन्थी र प्रतिगामी वैकल्पिक शक्तिको पनि लहर चलिरहेको भन्दै उनले नयाँ शक्तिलाई आधुनिक युग सुहाउँदो प्रगतिशील वैकल्पिक शक्तिको रुपमा चित्रित गरे ।

नयाँ शक्तिले रुपान्तरणकारी ध्रुवको राजनीति गरिरहेको भन्दै सत्ता स्वार्थमा आधारित अवसरवादी ध्रुवबाट मुलुकले निकास नपाउने संयोजक भट्टराईको तर्क थियो । ‘हामीले वैचारिक राजनीतिक ढंगले मुलुकको नेतृत्व गरिसकेका छौं,’ उनले भने, ‘अब यो राजनीतिक शक्तिलाई संगठनात्मक शक्तिमा रुपान्तरण गर्दै जनताबीच झांगिएर मुलुकको नेतृत्व गर्छौं ।’

सम्बोधनको क्रममा संयोजक भट्टराईले पुरानो शक्तिले समृद्धिको दावी गर्नुलाई बाँदरले दारी काटेको कथासँग तुलना गरे । ‘एकपटक बाँदरले मान्छेले दारी काटिरहेको देखेछ, उसले पनि मान्छेको नक्कल गर्दै दारी काट्न खोज्दा नाकै काटेछ,’उनले भने, ‘पुराना शक्तिका लागि हामीले भनेको समृद्धि बाँदरले दारी काटेजस्तै भइरहेको छ ।’

‘एकपटक बाँदरले मान्छेले दारी काटिरहेको देखेछ, उसले पनि मान्छेको नक्कल गर्दै दारी काट्न खोज्दा नाकै काटेछ,’उनले भने, ‘पुराना शक्तिका लागि हामीले भनेको समृद्धि बाँदरले दारी काटेजस्तै भइरहेको छ ।’

उनले नेपालमा जातीय, वर्गीय, क्षेत्रीय र लिंगीय असमानतालाई सम्बोधन गर्ने समावेशी समृद्धिको विकल्प नभएको विचार व्यक्त गरे । कार्यक्रममा पूर्वविधायक इस्लाम हवादी, विप्लव नेतृत्वको नेकपाका नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनका केन्द्रीय सचिव देवाखर भट्टराईलगायत विभिन्न पार्टीका नेता कार्यकर्ताहरु सयौंको संख्यामा नयाँ शक्ति पार्टीमा समाहित भए । नवप्रवेशीलाई नयाँ शक्ति पार्टीका संयोजक डा. भट्टराईले स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?