जब कानभित्र साङ्लो पसेको ३ दिनपछि थाहा भयो !

लोकपथ
0
Shares

काठमाडौं । एउटा अनौठो घटनामा न्युजिल्यान्डका एक व्यक्तिले आफ्नो कानभित्र साङ्लो पसेको तीन दिनपछि थाहा पाएका छन् । कानमा सलङसलङ गर्न थालेपछि जान विडिङले सुरुमा कानभित्र पानी पसेछ भन्ने अनुमान गरे ।

किनकि तीन दिनअघि उनी एउटा स्थानीय स्विमिङ पुलमा पौडी खेल्न गएका थिए । पौडी खेलेपछि त्यो रात कान हल्लाउँदै उनी निदाए । भोलिपल्ट उठ्दा उनको कान बुझिएर टम्म भयो र कानबाट अनौठो आवाज आउन थाल्यो ।

कानमा खुसल खुसल भइरहेपछि उनी चिकित्सकहाँ पुगे । चिकित्सकले लाइट बालेर उनको कान खोतल्न थाले । उनलाई एन्टिबायोटिक औषधि दिइयो । हेयर ड्रायरले दुखेको कानमाथिको भाग सुक्खा पार्न चिकित्सकले सुझाव दिए ।

औषधिले उनलाई केही भएन । उनले एउटा कान नै सुन्न छोडे र सुत्न पनि सकेनन् । उनलाई झन् गाह्रो भयो । त्यसपछि उनी नाक, कान र घाँटीसम्बन्धी विशेषज्ञकहाँ गए ।

चिकित्सकले उनको कानभित्र कीरा पसेको पत्ता लगाए । तत्कालै कैचीजस्तो एउटा उपकरणले उनको कानबाट कीरा निकाले । त्यो थियो साङ्लो ।

चिकित्सकका अनुसार सो साङ्लो अरु केही दिनसम्म झिक्न् नपाएको भए उनको कान बन्द हुन्थ्यो ।

केही महिनाअघि भारतमा एक व्यक्तिको नाकको प्वालबाट छिरेको साङ्लो दिमागमा पुगेपछि शल्यक्रिया गर्नुपरेको विवरण सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?