३ देशले संयुक्त रुपमा सन् २०२६ को विश्वकप आयोजना गर्ने

काठमाडौं । आगामी २०२६ को फिफा विश्वकप फुटबल तीन देशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । 

रसियाको मस्कोमा बुधबार बसेको अन्तराष्ट्रिय फुटबल महासंघ (फिफा) को ६८ औं कांग्रेसले उत्तर अमेरिका राष्ट्रहरु संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गर्ने भएको हो । फिफा कांग्रेसमा तीन देशको संयुक्त आयोजनाको पक्षमा १ सय ३४ भोट परेको थियो ।

२०२६ को विश्वकपमा लागि अफ्रिकन देश मोरक्कोले पनि दाबी गरेको थियो । मोरक्काको पक्षमा जम्मा ६५ भोट मात्र खसेको थियो ।

सन् २०२६ को विश्वकपमा ४८ टिमबीच प्रतिस्पर्धा हुनेछ । ८० खेल मात्र हुने प्रतियोगिता ३४ दिनसम्म चल्नेछ ।

यसअघि मेक्सिकोले सन् १९७० र १९८६ मा तथा अमेरिकाले सन् १९९४ मा विश्वकप आयोजना गरेको थियो । सन् २०२६ मा १६ शहरमा विश्वकप हुनेछ ।

जसमा १० शहर अमेरिकामा हुनेछ । बाँकी ६ शहर क्यानडा र मेक्सिकोका हुनेछन् । अमेरिकामा ६० खेल हुनेछ । क्यानडा र मेक्सिकोले १०–१० खेल खेलाउनेछन् । त्यसअघि सन् २०२२ मा कतारमा विश्वकप फुटबल प्रतियोगिता आयोजना हुँदैछ । कतारमा भने ३२ टिमबीच प्रतिस्पर्धा हुनेछ ।

यता सन् २०३० को फिफा विश्वकप फुटबल संयुक्त रुपमा आयोजना गर्न दक्षिण अमेरिकाका तीन राष्ट्रको दाबी छ । अर्जेन्टिना, उरुग्वे र पाराग्वेका आयोजनाका लागि दाबी गरेका थिए ।

सो संस्करणको आयोजनाका लागि ब्रिटेनले पनि दाबी गर्नेछ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?