माछापुच्छ्रे बैंकका ग्राहकले एमआई छिओमी एन्ड पोको फोन शून्य प्रतिशत ईएमआईमा पाउने

लोकपथ
715
Shares

काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडका ग्राहकले एमआई छिओमी एन्ड पोको ब्रान्डको मोबाइल तथा अन्य इलेक्ट्रोनिक सामानहरु शून्य प्रतिशत ईएमआईमा पाउने भएका छन् ।

ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंक र भास्टल इम्पेक्स प्राइभेट लिमिटेडबीच बैंकको इन्स्टापे सुविधामार्फत मोबाइल तथा अन्य इलेक्ट्रोनिक सामानहरु खरिद गर्दा विशेष सहुलियत प्रदान गर्नेसम्बन्धी सम्झौतापश्चात् हताक्षर गरिएको हो ।

उक्त सम्झौतापत्रमा भास्टल इम्पेक्स प्राइभेट लिमिटेडको तर्फबाट डाइरेक्टर श्री नितेश कुमार मुन्द्र तथा माछापुच्छ्रे बैेंकको तर्फबाट नायब प्रमुख डिजिटल बैंकिङ श्री विनय रेग्मीले हस्ताक्षर गरेका थिए ।

सम्झौतापछि बैंकका ग्राहकहरुले ६ देखि ९ महिनासम्मका लागि शन्य प्रतिशत ईएमआईमा इन्स्टापेमार्फत १५ हजार रुपैयाँदेखि एमआई छिओमी एन्ड पोको ब्रान्डको मोबाइल तथा अन्य इलेक्ट्रोनिक सामानहरु गरिद गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको क्रडिट कार्ड तथा इन्स्टापेबाट पाउन सक्नेछन् । हाललाई यो सुविधा भास्टल इम्पेक्स प्राइभेट लिमिटेडको काठमाडौंस्थित स्वरुममार्फत प्रदान गरिनेछ ।

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकहरुलाई आकर्षक सुविधा प्रदान गर्दै आएको छ ।

माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६३ वटा शाखाहरु र १५७ शाखारहित बैंकिङ सेवा, ६ एक्सटेन्सन काउन्टर समेत गरी जम्मा ३२६ स्थानबाट १० लाखभन्दा बढी ग्राहकहरुमा बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, देशभर बैंकका २०० वटा एटीएमहरु सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?