प्रहरीको घेरा तोड्दै नुवाकोटमा प्रधानमन्त्री पुत्ला दहन !

नुवाकोट – नेपाल विद्यार्थी संघ (साबिक) क्षेत्र नं ३ ले नुवाकोटले विदुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ ।

सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्धि र कालोबजारीले सर्वसाधारण जनता मर्कामा परेपनि सरकार गम्भीर नभएको भन्दै नेपाल विद्यार्थी संघले प्रधानमन्त्री ओलीको पुत्लादोहन गरेको नेविसंघ नुवाकोटका क्षेत्रिय अध्यक्ष बिजय गुरुङले   बताए ।

पुत्लादोहनको क्रममा नेविसंघले सरकारको राजीनामा, मुल्यबृद्धि फिर्ता गर्न माग गरेको थियो ।

पुत्ला दोहनको क्रममा नेविसंघ र प्रहरीबीच घम्साघम्सी समेत भएको छ । आन्दोलन कारीले दहनका लागि लिएका पुत्ला २ पटकसम्म प्रहरीले खोसेको थियो ।

तेस्रो पटकमा आन्दोलनकारीले प्रधानमन्त्रिको पुत्ला दोहन गरेका हुन् ।

सरकारले जनताको दैनिकीमा असर गर्ने गरि गरेको मुल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन नरोकिने नेविसंघ नुवाकोटकी कोषाध्यक्ष स्वेच्छा उप्रेतिले बताईन्।

कार्यक्रममा नेपाली कांग्रेसका नेता धुव्र अधिकारीको समेत सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?