सुन २०० रुपैयाँले बढ्याे, यस्ताे छ बजार भाउ

लोकपथ
247
Shares

काठमाडौं । बजारमा शुक्रबार सुन प्रतिताेला २०० रुपैयाँले बढेकाे छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार५०० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार २०० को दरले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा काराेबार भइरहेकाे छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि प्रतितोलामा एक हजार २६० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोलाको एक हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?