भोलिबाट विश्वकप : चिच्चाएर ‘गोल…’ भन्न नपाइने !

काठमाडौं ।  भोलिदेखि रसियामा शुरु हुन गइरहेको २१ औ संस्करणको विश्वकप फुटबल हेर्दा हो-हल्ला गर्न नपाइने भएको छ ।

विश्वकप फुटबलका दौरान होहल्ला गरे  जिल्ला प्रशासन कार्यालय काठमाडौंले कारबाही गरिने जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत सोमबार विश्वकप सम्बन्धि सूचना जारी गरी यस्तो निर्देशन दिएको हो ।

सूचनामा छिमेकीलाई बाधा पुग्ने गरी होहल्ला गर्न नपाइने, प्रवेश शुल्क लिएर विश्वकप देखाउन नपाइने, सार्वजनिक स्थानमा मदिरा पिएर विश्वकप हेर्न नपाइने, सीसीटीभीको व्यवस्था भएको हुनुपर्ने, ट्राफिक अवरोध गर्न नपाइने र बाजी राख्न नपाइने लगायत छन् ।

विश्वकपका नाममा हुने  विकृतिलाई नियन्त्रण गर्न र शान्ति सुरक्षा बलियो राख्न यस्ता नियम लागू गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौले जनाएको छ ।

यस्तो छ सिडिओ कार्यालयको सूचनाः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?