३३ किलो सुन प्रकरण : बाजेको सेकुवामा छापा (हेर्नुहोस् भिडियो)

३३ किलो सुन प्रकरणमा सत्यतथ्य पत्ता लगाउन गृहमन्त्रालयले बनाएको छानबिन समितिले बाजेको सेकुवा कर्नरका शाखाहरुमा छापा मारेको छ ।

प्रहरीले काठमाडौंको १० वटा कर्नर मध्ये ६ वटा सेकुवा कर्नरमा मा सिलबन्दी गरिएको छ ।

टोलीले अनामनगरमा रहेको सेकुवाबाट छापा मार्न सुरु गरेको थियो। 

समितिले छापा मारेका सबै सेकुवा कर्नरबाट कागजात नियन्त्रणमा लिँदै कारोबार रोक्का गरेको छ ।

३३ किलो सुन प्रकरणमा बाजेको सेकुवाका संचालक चेतन भण्डारीलाई प्रहरीले खोजी गरिरहेको छ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?