हप्ते उठाउने, असुली धन्दा, गुण्डागर्दी गर्नेको नाम दिनुस् : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापा बादलले गुण्डागर्दी गर्ने, हप्ते उठाउने र भ्रष्टचार गर्नेहरुको नाम दिन आग्रह गरेका छन् । 

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको कार्यक्रममा उनले समाजलाई नोक्सान पु¥याउने र समृद्धिको बाधकको रुपमा रहेका गुण्डा, भ्रष्टहरु, असुली धन्दामा संलग्नको नामावलीसहितको सूचना गृह मन्त्रालयमा उपलब्ध गराउन उद्योगी, व्यवसायीहरुलाई आग्रह गरेका हुन् । 

गृहमन्त्री थापाले गुण्डागर्दी गर्ने, हप्ते उठाउने, भ्रष्टचार गर्नेलाई निस्तेज पार्ने चेतावनी दिदै समृद्धि चाहनेले यो अभियानमा साथ दिने विश्वास व्यक्त गरे ।

विकास र समृद्धिको बाधक भ्रष्टाचारलाई अन्त्य गर्न सरकारले शून्य सहनशीलताको नीति लिएको भन्दै उद्योगहरुको समृद्धि र विकासका लागि सरकारले सुरक्षाको उचित व्यवस्था गर्ने प्रतिवद्धता जनाए ।
चार दशकअगाडि स्थापना भएको पार्टी प्यालेस तथा क्याटरिङ हाल नेपालको ४४ जिल्लामा चार हजार हाराहारीमा छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?