लाभांश पारितसँगै एनसीसी बैंकको साधारणसभा सम्पन्न

लोकपथ
208
Shares

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको २४आंै वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको सभा आज बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको सभापतित्वमा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८.०० प्रतिशत बोनस सेयर र सो बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ । सभाबाट पारित ८ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १४ पुग्ने भएको छ ।

बैंकको साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण कार्यका लागि प्रधान एण्ड शाक्य एसोसिएटस्, चार्टर्ड एकाउन्टेन्टस्लाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७७/७८ मा ११० अर्ब ८० करोड निक्षेप परिचालन गरी ९८ अर्ब ३२ करोड रुपैयाँ खुद कर्जा प्रवाह गरेको छ । साथै उक्त आर्थिक वर्षमा कर तथा बोनस पछि १ अर्ब ३३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?