आज दिनभरका मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
63
Shares

१. निरन्तर उकालो यात्रामा कोरोना संक्रमणदरको ग्राफ, बिहीबार मात्रै थप ३ हजार ५ सय ५३ जनामा संक्रमण पुष्टि, २ य ७१ जना संक्रमणमुक्त हुँदा एक जनाको मृत्यु

२. आफ्नै पार्टीको सरकारलाई कांग्रेसको ८ बुँदे ध्यानाकर्षण, सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन र कोरोना नियन्त्रण गर्नका लागि तत्काल पहल गर्न माग ।

३. सरकार तत्काल लकडाउन गर्ने पक्षमा नरहेको स्वास्थ्यमन्त्री विरोध खतिवडाको भनाइ, सुरक्षाका मापदण्डहरु कडाइका साथ पालना गर्नुपर्नेमा जोड ।

४. काठमाडौं उपत्यकाका तीन जिल्ला कोरोना संक्रमणको ‘रेडजोन’मा, अस्पतालमा संक्रमितको चाप बढ्न थाल्यो ।

५. माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोपकार्ड अनिवार्य गरेसँगै कोरोनाविरुद्धको खोप लगाउनेको भिड बढ्यो, जनस्वास्थ्यको मापदण्ड तथा भौतिक दूरी समेत कायम गर्न कठिन ।

६. कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्रहरु परिचालन गरिसकेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको भनाइ, आम नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउन आग्रह ।

७. लोकतान्त्रिक समाजवादी पार्टीको कार्यकारिणी बैठक पाँच महिनासम्म बस्न सकेन, बैठक बस्न नसकेको अवस्थामा नै दुई नेताले पार्टी छाडे ।

८. माघ १५ र १६ गतेका लागि तय गरिएको राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन फागुनमा स¥यो, कोरोना संक्रमणको जोखिम बढेकाले सातवटै प्रदेशको सम्मेलन सारिएको अध्यक्ष चित्रबहादुर केसी भनाइ ।

९. विदेश जाने सेना–प्रहरीले ट्रायल दिएको ७ दिनभित्र स्मार्ट लाइसेन्स पाउने, यसका लागि सेवाग्राहीले विवरण खुलाई आवेदन दिनुपर्ने यातायात व्यवस्था विभागको भनाइ ।

१०. साताको अन्तिम कारोबार दिन सेयर बजार ५४ दशमलव १२ अंकले बढ्यो, कारोबार रकम भने साढे ६ अर्बमा खुम्चियो ।

११. बैंक तथा वित्तीय संस्थाहरुले माघ महिनामा पनि निक्षेपको ब्याजदर नबढाउने, कर्जाको भने शून्य दशमलव ५ देखि १ प्रतिशतसम्म बढ्ने ।

१२. खोप नलगाएका मानिसहरूका लागि ओमिक्रोन ‘खतरनाक’ भएको डब्ल्यूएचओको भनाइ, संक्रमणदर तीव्र रुपमा फैलिएकाले सतर्क रहन आग्रह ।

१३. सोमालियाको राजधानीमा कार बम विस्फोट, ८ जनाको मृत्यु, दर्जनौँ घाइते ।

१४. प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको विजयी सुरुवात, कर्णाली प्रदेश ४७ रनले पराजित ।

१५. र, ‘काराबाओ कप’ अन्तर्गतको सेमिफाइनल खेलमा आज आर्सनल र लिभरपुल भिड्दै, २ टिममध्येको विजेताले फाइनलमा चेल्सीको सामना गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?