जब राजधानीको बीच सडकमै यसरी जलाइयो ट्रिपर

काठमाडौं– राजधानीको जडिबुटीमा स्थानीयले एक ट्रिपर जलाएका छन् ।

ट्रिपरले स्कुटरलाई ठक्कर दिएसँगै आक्रोशित स्थानीयले ट्रिपरमा आगजनी गरेका हुन् ।

बुधबार मध्यान्ह बा४ख ३५५८ नम्बर ट्रिपरले बा७प ९३९९ नम्बरको स्कुटरलाई ठक्कर दिएसँगै आक्रोशित स्थानीय आगजनीमा उत्रिएका हुन् ।

आगजनीबाट ट्रिपर ध्वस्त बनेको छ । दुर्घटनामा काभ्रेकी अस्मिता भण्डारीको मृत्यु भएको बताइएको छ । यस्तै अर्का एकजना घाइते भएका छन् । घाइतेको बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?