९ माघ २०७८, आईतवार

सभामुख र उपसभामुख फरक लिङ्ग र दलको हुनुपर्छ : खाण

२०७५,जेष्ठ,३०,बुधबार ०७:१६

0
Shares

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले  सभामुख र उपसभामुख एउटै दलको हुन नहुने संवैधानिक  व्यवस्था कार्यान्वयनका लागि माग गरेका छन्  ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा भाग लिँदै उनले नेपालको संविधानमा सभामुख र उपसभामुख फरक लिङ्ग र दलको हुनुपर्छ भन्ने स्पष्ट प्रावधान रहेको हुँदा त्यसको कार्यान्वयन होस् भनी माग गर्दै भने, “;संसदीय लोकतन्त्रमा नयाँ दल जन्मने र एकीकरण हुने स्वाभाविक प्रक्रिया हो, नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र)बीच एकीकरण भई नेकपा गठन भएकामा बधाई र शुभकामना छ ।”

नेकपाका योगेश भट्टराईले  प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका समयमा नेपालको व्यापार घाटामा सन्तुलन कायम गर्न नेपाली अलैँची महत्वपूर्ण माध्यम हुने भएकाले त्यसको निकासीबारे छलफल गर्न सुझाव दिए । उनले भने, “नेपालको वैदेशिक घाटा धेरै छ,  त्यसलाई कम गर्न  मुलुकको ४७ जिल्लामा एक लाखभन्दा बढी कृषकको संलग्नतामा अहिले १० अर्ब रुपैयाँभन्दा बढी मूल्यको अलैँची उत्पादन भइरहेको छ, चीनमा पनि नेपाली अलैँचीको  बजार बनाउन सकियो भने व्यापार घटालाई सन्तुलन गर्न योगदान पुग्नेछ ।”

नेकपाका सचेतक खगराज अधिकारीले सभामुख र उपसभामुखले निर्वाचनलगत्तै दल त्याग गरिसकेका अवस्थामा सभामुख र उपसभामुख एउटै दलबाट हुनुहुँदैन भन्ने ढंगले बारम्बार कुरा उठाइनु ठीक नभएको टिप्पणी गरे ।

नेकपाका योगेश भट्टराईले  प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका समयमा नेपालको व्यापार घाटामा सन्तुलन कायम गर्न नेपाली अलैँची महत्वपूर्ण माध्यम हुने भएकाले त्यसको निकासीबारे छलफल गर्न सुझाव दिए ।

उनले भने, “नेपालको वैदेशिक घाटा धेरै छ,  त्यसलाई कम गर्न  मुलुकको ४७ जिल्लामा एक लाखभन्दा बढी कृषकको संलग्नतामा अहिले १० अर्ब रुपैयाँभन्दा बढी मूल्यको अलैँची उत्पादन भइरहेको छ, चीनमा पनि नेपाली अलैँचीको  बजार बनाउन सकियो भने व्यापार घटालाई सन्तुलन गर्न योगदान पुग्नेछ ।”

ताप्लेजुङलाई अलैँचीको  सुपर जोन घोषणा गर्न माग गर्दै भट्टराईले नेपाली अलैँचीको सबैभन्दा ठूलो बजार भारत भए पनि विगतको तुलनामा भारतमा अलैँची निकासी कम भई किसानले लागत मूल्यसम्म पाउन नसकेको तर्फ ध्यानाकर्षण गराए ।

उनले  भने “बगंलादेशसँग कुराकानी गरेर अलैँचीको निकासीको व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्दछु । अहिले भुटान हुँदै बंगलादेश पुग्ने गरेको अलैँचीमा ठूलो भन्सार मूल्य लगाइएकाले सिधै बंगलादेशसँग कुराकानी गरेर त्यहाँ पठाउन सकिएमा नेपाली अलैँचीकोे ठूलो बजार बंगलादेश हुन सक्छ ।

 

प्रकाशित मिति: २०७५,जेष्ठ,३०,बुधबार ०७:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सत्तारुढ गठबन्धनबीच संविधानसँग बाझिएका कानुनमा संशोधन गरेर नयाँ चुनाव गराउने सहमति भएको छ । यस सहमति सँगै आगामी वैशाखका लागि

मधेस सरकारले प्रदेशको नाम र स्थायी राजधानीबारेको सूचना राजपत्रमा पुन : प्रकाशन गरेको छ । प्रदेशको नाम र स्थायी राजधानी

सत्ता गठबन्धनका पाँच दलले माघ १२ गते हुन गएको राष्ट्रिय सभाको निर्वाचनमा गठवन्धनका उम्मदवारलाई विजयी बनाउन संयुक्त अपिल जारी गर्ने

कानुनविद्हरुले स्थानीय तहको निर्वाचनबारे संविधानसँग बाझिएका सबै कानुन संशोधन गर्न सत्तारुढ दलहरुलाई सुझाव दिएका छन् । सत्तारुढ पाँचदलीय गठबन्धनले आईतबार

ताजा समाचार

भारतबाट हुने आवतजावतमा रोक लगाइयो
 २०७८,माघ,९,आईतवार २०:२४