काठमाडौं उपत्यकाका कुन अस्पतालमा कति आईसीयू र भेन्टिलेटर खाली छन् ? (सूचीसहित)

लोकपथ
539
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणका बारेमा बुझ्न र सहयोगका लागि ११३३ हटलाइन नम्बर २४सै घण्टा खुला राखेको छ ।

यदि तपाईँलाई कोरोना संक्रमणसम्बन्धी कुनै पनि जानकारी चाहिएमा उक्त नम्बरका फोन गरेर जानकारी लिन सक्नुहुन्छ ।

पछिल्लो केही दिनयता नेपालमा तीव्ररुपमा कोरोना संक्रमण फैलिइरहेको छ । अस्पतालहरु पनि कोरोना संक्रमितले भरिभराउ हुन थालेका छन् ।

यस्तो अवस्थामा कोरोना संक्रमितहरुलाई सरकारले घरमै होम आइसोलेसनमा बस्न आग्रह गरेको छ । तर स्वास्थ्यमा जटिल समस्या भए मात्रै अस्पताल जान स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

काठमाडौं उपत्यकामा कुल ११ अस्पतालमा कोरोना संक्रमितको उपचार हुने व्यवस्था छ । तीमध्ये कुन अस्पतालको क्षमता कति छ र कुन अस्पतालमा कति बेड खाली छन् हेर्नुहोस् सूची :

 

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ५३ जनामा कोरोना संक्रमित थपिएका छन् । बिहीबार देशभर गरिएको १५ हजार ८१ जनाको परीक्षणमा थप ३ हजार ५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप २ सय ७१ जना संक्रमणमुक्त भएका छन् । नेपाल हालसम्म ८ लाख १५ हजार ३४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९६ दशमलव ९ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण थप १ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय १० पुगेको छ ।

हाल देशभर १४ हजार ३४० जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?