सुवास र विनोद राष्ट्रिय टिममा फर्किए

करिव एक बर्षपछि सुवास खकुरेल र विनोद भण्डारीले राष्ट्रिय टिममा कमब्याक गरेका छन ।

नेपालले लर्डसमा खेल्ने त्रिकोणात्मक श्रृखंलाका लागि खकुरेल र भण्डारीले पहिलो चरणका टिममा स्थान बनाएका हुन् । एमसीसी, नेदरल्याण्डस् र नेपाल सम्मिलित त्रिकोणात्मक श्रृखंलाका लागि छनोट गरिएका १७ खेलाडीको सुचिमा सुवास र विनोदका साथै सुनिल धमलाको नाम पनि परेको छ ।

औलाको चोटका कारण सुरुवातमा टिमबाट बाहिर भएका सुवास कमब्याक गर्ने तयारीमा हुँदा हुँदै करीव नौ महिना अगाडी बाइक दुर्घटनामा परेर नाडीको सल्यक्रिया गरेपछि मैदानबाहिर रहदै आएका थिए । तर उनले धनगढीमा भएको डिपिएलबाट घरेलु क्रिकेटमा कमब्याक गरेका थिए ।

सो बेला पनि चोट पुर्णरुपमा निको नहुदै मैदानमा उत्रिएका सुवासले हालै सम्पन्न एकदिवसिय क्रिकेटमा राम्रो प्रर्दशन गरेका थिए । पुरै प्रतियोगितामा २०८ रन बनाएका सुवासले एक सतक प्रहार पनि गरेका थिए । विकेटकिपर ब्याट्सम्यान सुवाससँगै विनोद भण्डारीले राष्ट्रिय टिमको ढोका पुनः खोलेका हुन् ।

खराव फर्मका कारण विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत युएई विरुद्धको खेलबाट टिम बाहिर भएका भण्डारीले त्यसपछि नामिवियामा भएको डिभिजन टु, जिम्बावेमा भएको विश्वकप छनोट प्रतियोगिता गुमाएका थिए ।

तर घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरेका कारण भण्डारीलाई लर्डसमा हुने त्रिकोणात्मक सिरीजमा १७ खेलाडीमा राखिएको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?