काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १ हजार ९ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार ४ सय ४९, ललितपुरमा ३ सय १७ र भक्तपुरमा १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ५३ जनामा कोरोना संक्रमित थपिएका छन् ।
बिहीबार देशभर गरिएको १५ हजार ८१ जनाको परीक्षणमा थप ३ हजार ५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २ सय ७१ जना संक्रमणमुक्त भएका छन् । नेपाल हालसम्म ८ लाख १५ हजार ३४७ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९६ दशमलव ९ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण थप १ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय १० पुगेको छ ।
हाल देशभर १४ हजार ३४० जना सक्रिय संक्रमित रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया