दिनदिनै तीव्ररुपमा उकालो लाग्दै कोरोनाको ग्राफ : थप ३ हजार ५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि

लोकपथ
245
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार देशभर गरिएको १५ हजार ८१ जनाको परीक्षणमा थप ३ हजार ५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २ सय ७१ जना संक्रमणमुक्त भएका छन् । नेपाल हालसम्म ८ लाख १५ हजार ३४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९६ दशमलव ९ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण थप १ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय १० पुगेको छ ।

हाल देशभर १४ हजार ३४० जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?