तत्काल लकडाउन हुँदैन : स्वास्थ्यमन्त्री खतिवडा

लोकपथ
299
Shares

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढ्दै गए पनि सरकार तत्काल लकडाउन नगर्ने पक्षमा रहेको छ ।

बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित एक कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकार तत्काल लकडाउन गर्ने पक्षमा नरहेको बताएका हुन् ।

लकडाउन नै विकल्प नभएकाले सुरक्षाका मापदण्डहरु कडाइका साथ पालना गर्न उनले सबैलाई आग्रह गरेका छन् ।

‘सुरक्षाका मापदण्डहरु कडाइका साथ पालना गर्नुपर्ने देखिन्छ, अहिले सरकारले लकडाउन सम्बन्धमा गृहकार्य केही गरेको छैन’, स्वास्थ्यमन्त्री खतिवडाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?