१२ माघ २०७८, बुधबार

ट्रक दुर्घटनामा चालकको मृत्यु

२०७५,जेष्ठ,३०,बुधबार ०६:३५

0
Shares

दमौली-पृथ्वी राजमार्गको दमौली–डुम्रे सडक खण्डमा पर्ने व्यास नगरपालिका–१२ स्थित घाँसीकुवामा आज बिहान सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

सोही दुर्घटनामा परी ट्रकका सहचालक २८ वर्षीय पूर्णबहादुर प्रजा  गम्भीर घाइते छन् । दुर्घटनामा परी मृत्यु हुनेमा चितवन माडी– ९ बस्ने ट्रक चालक ३४ वर्षीय उपेन्द्र कुँवर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

गम्भीर घाइते सोही ठाउँका ट्रकका सहचालक प्रजाको उक्त अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि चितवनतर्फ लगिएको प्रहरीले जनाएको छ ।

सिमेन्ट लिएर पोखरा जाँदै गरेको ना ३ ख २७८६ नं को ट्रक आफैँ अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेर दुर्घटनामा परेको थियो । कुँवरको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ ।

 

प्रकाशित मिति: २०७५,जेष्ठ,३०,बुधबार ०६:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुबै जनवाबरहरुमा पनि मानिसमा जस्तै

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

ताजा समाचार

देवदहमा भेटिएका शवको अझै पहिचान भएन
 २०७८,माघ,१२,बुधबार २०:५९
‘भिजिट भिसा’ दिन मापदण्ड बनाइने
 २०७८,माघ,१२,बुधबार २०:५४