सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार रकम भने घट्यो

लोकपथ
195
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । आज सेयर बजारमा उच्च अंकको वृद्धि देखिएको हो ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक ५४.१२ अंकले बढेर २८५७.७५ बिन्दुमा उक्लिएको छ । आज नेप्से १.९३ प्रतिशतले बढेको हो ।

यता, ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक ८.९४ बढेर ५३०.८३ बिन्दुमा पुगेको छ ।

कुल २२४ कम्पनीको एक करोड १८ लाख ३४ हजार २१६ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५६८ रुपैयाँको कारोबार भएको हो । आज बुधबारको तुलनामा कारोबार रकम भने घटेको छ । बुधबार ८ अर्ब माथिको कारोबार भएको थियो ।

आज १२ वटा उपसमूहको सेयर मूल्य बढेको छ भने बाँकी एउटा कम्पनीको सेयरमूल्य घटेको छ । आज फाइनान्स र लगानी समूहको सेयर मूल्य सर्वाधिक बढेको छ ।

आज मध्यभोटेकोशी जलविद्युत कम्पनी, माउन्टेन हाइड्रो नेपाल, कर्णाली डेभलपमेन्ट बैंक, शिव श्री हाइड्रोपावर. आईसीएफसी फाइनान्सलगायत कम्पनीको सेयर मूल्यमा सर्वाधिक बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?