२७ श्रावण २०७९, शुक्रवार

एउटै चर्पी प्रयोग गर्न नहुने सोच तोडियो !

२०७५,जेष्ठ,३०,बुधबार ०६:३०

0
Shares

गाईघाट- चौदण्डी नगरपालिका– ३ हँडिया तथा सुन्दरपुरको मुसहर जातिको समुदायले सामूहिक चर्पी प्रयोग गर्न थालेको छ ।

घरका चर्पीमा ससुरा, सासू, बुहारी र बाबुछोरीले एउटै चर्पी प्रयोग गर्न नहुने सोच र परम्परा तोडिएको छ । चार वर्षअघि नै जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिए पनि सुन्दरपुर, हँडिया, जोगीदह लगायत विभिन्न क्षेत्रमा मुसहर जातिले घरमा संयुक्त चर्पी प्रयोग नगरेको हँडियाका स्थानीयवासी कृष्ण चौधरी बताउँछन् । 

दुई वर्षयतादेखि विभिन्न सामाजिक अभियानकर्मीको प्रयास र मुसहर जातिका घरघरमा सामूहिक चर्पी प्रयोग गर्ने अभियान र जनचेतना फैलाउने काम व्यापक रुपमा हुन थालेपछि अहिले ससुरा, बुहारी, छोराछोरी सबैले सामूहिक चर्पी प्रयोग गर्न थालेको हँडिया माविका शिक्षक बाबुनारायण चौधरीको भनाइ छ । 

अहिले सबैको प्रयासले सामूहिक चर्पी प्रयोग हुन थालेको र यसमा विगतको भन्दा  दोब्बरले सुधार आएको सुन्दरपुरका समाजसेवी देवनारायण चौधरी बताउँछन् ।  केही समय यतादेखि  मुसहर र चौधरी समाजमा सामूहिक चर्पी प्रयोगमा व्यापक सुधार आएको खुला दिसामुक्त क्षेत्रका मुख्य अभियानकर्मी तथा पत्रकार कौशल चेम्जोङको धारणा  छ ।

अहिले मुसहर जातिका ९०% परिवारका घरमा एउटै चर्पी र सामूहिक प्रयोग हुने गरेको अभियन्ता तथा वरिष्ठ पत्रकार चेम्जोङले बताए ।

 

प्रकाशित मिति: २०७५,जेष्ठ,३०,बुधबार ०६:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौं उपत्यका एवम् देशभर नै आजबाट गाईजात्रा पर्व मनाउन थालिएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म

खोटाङ । खोटाङको धार्मिक तथा पर्यटकीयस्थल भुलभुले दुधकुण्ड देउधाम र भालुखोलामा सांस्कृतिक मेला लागेको छ । जनैपूर्णिमा र रक्षाबन्धनको अवशरमा

काठमाडौं । आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको गुनासोसहित आन्दोलनरत २० वर्षकी निहारिका राजपुतले राष्ट्रपति भवन शितल

कैलाली । कैलालीको टीकापुर नगरपालिका–८ की कुन्तीदेवी चौधरीको घरबाट कर्णाली नदी निकै नजिक छ। उनलाई कर्णाली नदीको सुसाहटले बर्सातको समयमा

ताजा समाचार

बन्द प्रशिक्षणबाट बाहिरिए पन्ध्र खेलाडी
 २०७९,श्रावण,२७,शुक्रवार २०:०८
मिर्गौला रोगबाट ग्रसित एक पुरुष मृत भेटिए
 २०७९,श्रावण,२७,शुक्रवार १९:१८