बैंक खाता खोल्न हिँडेकी वृद्धाको बाटोमै मृत्यु

लोकपथ
286
Shares

कालिकोट । बैंक खाता खोल्न हिँडेकी ६० वर्षीया वृद्धाको बीच बाटोमै मृत्यु भएको छ । कालीकोट जिल्लाको पलाँता गाउँपालिका–३ पनेराकी टिउकी बमको बैंक जाने क्रममा बाटोमै मृत्यु भएको हो ।

पालिकाले बैंक खाता नभइ वृद्धभत्ता नदिने भनेपछि उनी खाता खोल्न करिब १० किलोमिटर टाढाको थिर्पु जाँदै थिइन् । सोही क्रममा वृद्धाको ज्यान गएको हो ।

१० किलोमिटर हिँडेर खाता खोल्न जानुपर्ने भएपछि उनी बिहीबार बिहानै घरबाट हिँडेकी थिइन् । वृद्धावस्था र शारीरिक रुपमा पनि अस्वस्थ हुँदाहुँदै उनी घरबाट निस्केको स्थानीयले बताएका छन् । उनी पलाँताको थिर्पुमा रहेको नबिल बैंकमा खाता खोल्न आउँदै थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?