ब्राजिलको अपराध खर्च लागत ७५ अर्ब अमेरिकी डलर

एजेन्सी : ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्र ब्राजिलमा अपराध लागत वर्सेनी ७५ अर्ब अमेरिकी डलर नाघेको छ ।

दुई दशक अघिको तुलनामा यो दोब्बरले बढी रहेको सरकारले सार्वजनिक गरेको नयाँ प्रतिवेदनले जनाएको छ ।

ब्राजिलले सन् २०१५मा २ खर्ब ८५ अर्ब रेइस गुमायो । यो सन् १९९६मा १ खर्ब १३ अर्ब रेइस रहेको पाँच वर्षे प्रतिवेदनमा उल्लेख छ ।

सार्वजनिक सुरक्षा, बीमा, कैद, उत्पादकतव घाटाका साथै कानुनी र स्वास्थ्य क्षेत्रको खर्च लागत कुल जीडीपीको ४.३८ प्रतिशत रहेको छ ।प्रमाणले यो बढदै गएको देखाउँछ ।

हत्या दर ब्राजिलमा निरन्तर बढदै छ ।

त्यसैगरी छिमेकीहरूमा गोली हानाहान,जेलमा हिंसात्मक दंगा र ब्राजिलका गलीहरूमा हुने फौजदारी अभियोग लाग्ने खालको कुटपिटका वारदातहरू भइरहेका हुन्छन र यस्ता वारदातहरूको संख्या ब्राजिलमा बढदै गएको छ ।

आगामी राष्ट्रपति चुनावका लागि यी मुद्दा बनेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?