पाँच महिनासम्म बस्न सकेन लोसपा कार्यकारिणी बैठक, दुई सदस्यले छोडे पार्टी

लोकपथ
195
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा नेपाल) गठन भएको ५ महिना बित्दा समेत पार्टीको कार्यकारिणी समितिको बैठक बस्न सकेको छैन ।

महन्थ ठाकुरको नेतृत्वमा गठन भएको तत्कालिन जनता समाजवादी पार्टी नेपालबाट विभाजित भई यही ९ भदौमा लोसपा नेपाल गठन भएदेखि नै कार्यकारिणी समितिको बैठक बस्न नसकेको हो ।

सो पार्टीको एक मात्रै आधिकारिक निकाय कार्यकारिणी समितिको बैठक बस्न नसक्दा राजनीतिक समिति र केन्द्रीय समितिसहित भातृ र शुभेच्छुक संस्थाहरु गठन हुन सकेको छैनन् ।

गठन भएको पाँच महिनासम्म कार्यकारिणी समिति बैठक नबसेको अवस्थामा दुई जनाले पार्टी छाडेका छन् ।

३१ सदस्सीय कार्यकारिणी समितिमा रहेका राजकुमार लेखी नेकपा एमाले प्रवेश गरेका छन भने अर्का सदस्य तथा प्रतिनिधिसभाका निलम्बित सांसद रेशम चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको नामबाट नागरिक उन्मुक्ति पार्टी दर्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?