पेरिस हिल्टनसँग भेट्न ६५०० किलोमिटरको यात्रा गर्ने ९९ वर्षीय बूढा

एजेन्सी : हलिउडकी चर्चित अभिनेत्री पेरिस हिल्टनसँग एक ९९ बर्षीय बुढा भेटेर आफ्नो इच्छा पूरा गरेका छन् ।

यो बुढालाई समय दिँदा आफूलाई साह्रै खुशी लागेको भनी पेरिस हिल्टनले प्रतिक्रिया दिएकी छिन् । हिल्टनले यो भेटको फोटोलाई इन्स्टयाग्राममा शेयर गरेकी छिन् ।

हिल्टनको अभिनय र गायन कलाका पारखीहरूको संख्या धेरै ठूलो छ । उनका फ्यानहरूमा हरेक उमेर समूहका व्यक्तिहरू छन् ।

उनले भनेकी छिन् –मसँग भेट गर्न एक  ९९ वर्षीय बृद्ध आए । ती बृद्धले मेरो दिल जिते ।” साथैउनले बूढासँगको फोटो शेयर गर्दै लेखेकी छिन् “ ह्यापी मेमोरियल डे । यो मेरो जिन्दगीको धेरै नै यादगार क्षण हो जुन क्षण मलाई सधैं स्मरण रहनेछ ।”

ती बृद्धले पनि हिल्टनसँग गुजारेको त्यो क्षणलाई आफ्नो जीवनका सबै भन्दा राम्रो रात भएको भनेको उनले जनाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?