२ माघ २०७८, आईतवार

बरिष्ठ कलाकार भिमबहादुर थापाको निधन

२०७५,जेष्ठ,३०,बुधबार ०३:५३

0
Shares

काठमाडाैं : बरिष्ठ कलाकार भीमबहादुर थापाको ९३ बर्षको उमेरमा गएराती निधन भएको छ । 

छाती र फोक्सोलगायतका समस्याबाट लामो समयदेखि पीडित थापाको अाफ्नै निवास मैतीदेवीमा निधन भएको हो । 

अाफ्नो जीवन र नेपाली कला क्षेत्रमा अनेक उतारचढाव भोगेका थापाको निधनप्रति कलाकार एवं सर्वसाधारण जनताले दु:ख व्यक्त गरेका छन् ।

दाेस्रो विश्वयुद्दमा बेलायतका तर्फबाट ३ बर्ष लडेका थापाले पछि नेपाली सेनामा भर्ना भर्इ मेजर पदबाट २०४१ सालमा अवकाश लिएका थिए । 

खोटाङको लामिडाँडामा जन्मिएका थापाले रेडियो नाटक, टेलिचलचित्र र ठूला पर्दाका चलचित्रमा अभिनय गरेका छन् । 

थापाको निधनको शोकमा अाज पशुपति परिसरमा श्रद्दाञ्जली सभा गर्ने र अन्तेष्टि गरिने कलाकारहरूले जानकारी दिएका छन् ।

  

प्रकाशित मिति: २०७५,जेष्ठ,३०,बुधबार ०३:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैं । लोकप्रिय गायिका मेलिना राईको स्वर रहेको ‘फूलहरू मगमग’को म्युजिक भिडियो सार्वजनिक भएको छ । बेलायतका रमणीय स्थानहरूमा छायाङ्कन

काठमाडौं । गायक तथा संगीतकार अंकितबाबु अधिकारीको सांगीतिक सौगात ‘कफी क्रस’ सार्वजनिक भएको छ । प्रेमिल शैलीको उक्त गीतमा अधिकारीको

काठमाडौं । बलिउड अभिनेता आमिर खान आफ्नो फिल्म ‘लाल सिंह चड्डा’ रिलिजको व्यग्र प्रतिक्षामा छन् । हलिउड स्टार टम ह्याङ्सको

काठमाडौं । बलिउड अभिनेत्री कटरीना कैफले अभिनेता विकी कौशलसँग धुमधामका साथ विवाह गरिन् । विवाहको तस्बिर अहिले सामाजिक सञ्जालमा आइरहेका

ताजा समाचार

हतियारसहित एक युवक पक्राउ
 २०७८,माघ,२,आईतवार २०:०९
कोरोना संक्रमणमुक्त भए प्रचण्ड
 २०७८,माघ,२,आईतवार १९:४६