प्रिन्स विश्व वरीयताको एक नम्बरमा

लोकपथ
247
Shares

काठमाडौं । नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल जुनियरतर्फ विश्ववरीयताको शीर्ष स्थानमा उक्लिएका छन् । पछिल्लो पटक विश्व ब्याडमिन्टन महासंघले जारी गरेको बरियतामा प्रिन्स तेस्रो स्थानमा थिए । तर, उनीभन्दामाथि रहेका दुई खेलाडी सिनियरमा बढुवा भएपछि प्रिन्स विश्व नम्बर एक बनेका हुन् ।

नेपाल बरियताको नवौं स्थानका प्रिन्स जुनियरतर्फ एक नम्बर हुन् । कुनै पनि नेपाली खेलाडीले जुनियर बरियतामा हासिल गरेको यो सबैभन्दा माथिल्लो स्थान हो ।

उमेर समूहमा नेपालका लागि ब्याडमिन्टनको पहिलो स्वर्ण जितेका प्रिन्स सिनियर बरियताको भने ४ सय ४५औं स्थानमा छन् ।

हालै विश्व नम्बर एक बनेका प्रिन्सको १० हजार ४ सय अंक छ भने दोस्रो स्थानका मलेसियन खेलाडी हो जस्टिनको ९ हजार ५ सय ९० अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?