कस्तो रहनेछ आज र भोलिको मौसम ?

लोकपथ
325
Shares

काठमाडौं । नेपालमा पश्चिमी वायुसँगै भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको प्रभाव छ । बिहान देशका अधिकांश भू-भागमा सामान्य बदली छ । प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

शुक्रबार प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा देशका अन्य भू-भागमा आंशिक बदली रहनेछ ।

शुक्रबार राति सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १ र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

शनिबार प्रदेश १ र बागमतीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?