भारत –पाकिस्तान सीमामा ४ बीएसएफ जवान मारिए

एजेन्सी : भारत पास्तिानबीच भएको संघर्ष विरामको उल्लंघन भएको छ । सीमा क्षेत्रमा गोली प्रहार भएको छ ।

पाकिस्तान तर्फबाट भएको गोली प्रहारमा ४ जना बीएसएफका जवान साँबा सेक्टरका मारिएक छन् भने ३ घाइते भएका छन् ।

मंगलबार राति १०ः३० देखि ११ बजेको बीचमा भारत पाकिस्तान सीमा क्षेत्रको अन्तर्राष्ट्रिय सीमा रेखामा फायरिंग शुरू भएको थियो ।

त्यो फायरिंग बुधबार बिहान ४ः३०बजेसम्म चलेको थियो । 

फायरिंगमा ज्यान गुमाउनेहरूमा रजनीश कुमार, रामनिवास, जतिन्दर सिंह र हंस राज रहेका थिए । तीन जना नायब निरीक्षकपदका थिए भने हंसराज हवल्दार पदका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?