डिभार्इडरमा गाडी ठोक्किँदा भारतमा १६ जना मारिए

काठमाडाैं : भारतको उत्तरप्रदेशस्थित मनिपुरमा भएको सडक दुर्घटनामा १६ जना मारिएका छन्, १२ जना घार्इते भएका छन् । 

तीब्र गतिको बस सडकको डिभार्इडरमा ठोक्किएर पल्टँदा यो दुर्घटना भएको हो । स्थानीयका अनुसार चालकले निकै तीब्र गतिमा बस चलाएका थिए । 

प्रारम्भिक अनुसन्धानका क्रममा पनि गाडी चालककै लापरबाहीले बस डिभार्इडरमा ठोक्किएको र त्यसपछि सडकमा जोडले बज्रिएको पार्इएको छ । घार्इतेहरूलार्इ अहिले अस्पताल लगिएको छ । घार्इतेमध्ये तीनको अवस्था गम्भीर रहेको भारतीय प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?