भारतीय लगानीको अरूण तेस्रो अायोजनामा बम प्रहार

काठमाडाैं : संखुवासभाको तुम्लिङटारमा भारतले बनाउन लागेको ९ सय मेगावाट क्षमताको अरूण तेस्रो जलविधुत अायोजना कार्यालय परिसरमा अज्ञात समूहले बम विस्फोट गराएको छ । गएराती १ बजेतिर अायोजना कार्यालयमा ३ वटा सकेटबम प्रहार भएको हो । 

कार्यालयभन्दा केही दुरी टाढा नै विस्फोट भएकाले भाैतिक र मानवीय क्षति भने नभएको संखुवासभा प्रहरीले जानकारी दिएको छ। प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीका अनुसार प्रहरीले बम फ्याँक्ने समूहको खोजी गरिरहेको छ । 

अरू तेस्रो अायोजना निकै अघिदेखि विवादित अायोजना हो । अायोजना बन्दा पर्यावरण र जनजीवनमा प्रभाव पार्ने जनाउँदै स्थानीयबासी अान्दोलनमा छन् । अर्कातर्फ अायोजनामा भारतले लगानी गरेका कारण विवाद थपिएको छ । 

गत बैशाख १६ गते भारतीय प्रधानमन्त्री नेपाल भ्रमणमा अाउनुअघि पनि अायोजनाको पर्खाल भत्कने गरि बम प्रहार भएको थियो । तर, नेपाल अाएपछि प्रधानमन्त्री के.पी. शर्मा अोली र भारतीय प्रधानमन्त्री मोदीले अायोजनाको संयुक्त शिलान्यास गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?