२ माघ २०७८, आईतवार

मलेसियामा ज्यान गुमाएका युवाको शव नेपाल झिकाइदिन परिवारको अपिल

२०७५,जेष्ठ,३०,बुधबार ०२:३४

0
Shares

फलेवास : आफ्नै साथीहरुको कुटपिटबाट मलेसियामा ज्यान गुमाएका पर्वतका किशोर केसी (नसिब) को तीन साता बितिसक्दा पनि शव नेपाल आउन सकेको छैन । लामो समयसम्म पनि शव नेपाल आइनपुगेपछि परिवारले छोराको शव नेपाल झिकाइदिन अपिल गरेका छन् ।

पर्वतको मोदी गाउँपालिका–५ बाजुङ धमिलपानी गाउँका २२ वर्षीय किशोरको शव मृत्यु भएको १५ दिनसम्म पनि नआएपछि मृतकका बुबा भीमबहादुर केसीले छोराको शव नेपाल झिकाइदिन आग्रह गरेका छन्। 

घरको आर्थिक अवस्था निकै कमजोर भएका कारण पनि आफूहरुलाई विभिन्न निकायमा पुगेर ताकेता गर्न समस्या भएको भन्दै मृतक नशिवको परिवार शव नेपाल झिकाउन विभिन्न संघ संस्थामा धाइरहेको उनले बताए । रोजगारीका लागि मलेसिया पुगेका नशिवमाथि नेपाली साथीभाइले कुटपिट गरेका थिए । पेटमा फलामे रड घोचिएपछि उपचारको क्रममा उनको गत जेठ १५ गते मलेसियाकै पुत्रोदय अस्पतालमा निधन भएको थियो । 

रोजगारीकै लागि मलेसिया पुगेका पूर्वी नेपालका चार जना युवाले नशिवमाथि जेठ ६ गते आक्रमण गरेका थिए । नशिवको शव एक हप्तामै नेपाल आइपुग्ने भनिएको भए पनि अझैसम्म शव नआउँदा उनको परिवार हरेक दिन उनकै शोक र मृत शरीरको प्रतीक्षामा रहेको छ । 

करीब २० महिनाअघि रोजागरीका लागि मलेसिया पुगेका क्षेत्री परिवारका कान्छा सन्तान हुन् । उनी अविवाहित थिए । उनको मृत्युको खबर सुनेपछि आमा देवी क्षेत्री अर्धचेत अवस्थामा हुनुहुन्छ भने गाउँलेमा समेत रुवाबासी चलेको छ ।

प्रकाशित मिति: २०७५,जेष्ठ,३०,बुधबार ०२:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गैरआवासीय नेपाली संघ (एनआरएनएं) कोे ८१ औं बैठक आगामी साता बस्ने भएको छ । संघका महासचिव डा हेमराज शर्माका अनुसार

बेलायतमा कार्यरत नेपाली सेफ सन्तोष साहले अर्को विश्वविख्यात उपाधि जितेका छन् । बीबीसी वानमा सोमबार साँझ प्रसारित फाइनलमा सेफ साहले

गैरआवासीय नेपाली संघको आइतवार र सोमवार हुने भनिएको निर्वाचन स्थगित भएको छ । संघको प्रतिनिधि विवाद मिलाउने जिम्मा लिएका अध्यक्ष

डिसेम्बर अन्तिम साता हुने गैरआवासीय नेपाली संघको निर्वाचनमा प्रयोग हुने ‘सेल्फी भोटिङ प्रणाली’ को सफल परिक्षण गरिएको छ । गैरआवासीय

ताजा समाचार

हतियारसहित एक युवक पक्राउ
 २०७८,माघ,२,आईतवार २०:०९
कोरोना संक्रमणमुक्त भए प्रचण्ड
 २०७८,माघ,२,आईतवार १९:४६