वाम गठबन्धनले देशलाई स्वाधीन बनाउँछ :ओली

काठमाडौँ, २५ असोज ।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई विदेशीको गुलाम नभई स्वाधीन बनाउन वामपन्थीको गठनबन्धन भएको बताएका छन ।गैर आवासीय नेपाली संघ (एनआरएनए) र प्रवासी नेपाली मञ्च (ओएनएफ) का प्रतिनिधिसँग आज भक्तपुरको बालकोटस्थित निवासमा भेटघाट गर्दै अध्यक्ष ओलीले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि भएको वाम तालमेलले विभिन्न शक्ति केन्द्रमा भूकम्प पैदा गरेको बताउँदै देशलाई स्वाधीन र समृद्ध बनाउन विदेशमा रहेका नेपालीको साथ पनि आवश्यक रहेकामा जोड दिए ।ओलीले आफ्नो पार्टी हिन्दमहासागर जस्तो भएको दाबी गर्दै भने, “सागरमा धमिलो पानी पनि हुन सक्छ, महासागरमा मिसिएपछि त्यो कञ्चन हुन्छ । शाखा नदीको धमिलो र फोहोरलाई महासागरले फिल्टर गरेर सफा बनाउँछ ।”भेटमा सहभागी एमालेका नेता माधवकुमार नेपालले वाम तालमेलले देशी विदेशी अतालिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?