निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

लोकपथ
483
Shares

काठमाडौं । निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ । आयोगले शुक्रबार बिहान ११ बजे बैठक आह्वान गरेको हो ।

स्थानीय तहको निर्वाचनलगायतका विषयमा परामर्श गर्न सर्वदलीय बैठक बोलाएको आयोगले जनाएको छ ।

सर्वदलीय बैठकमा स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?